arrow

कोरोना नियन्त्रणका लागि काठमाडौंमा कडाइ, १२ बुँदे नयाँ मापदण्ड जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
CDO-Office-KTM.jpg

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि सरकारले पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । यसबाहेक देशका प्रमुख ठुला शहरका विद्यालयहरू बन्द भइसकेका छन् ।

राजधानी काठमाडौंमा भने योसँगै अन्य कडाइका नियमहरू समेत लागु गरिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मङ्गलवार (आज) १२ बुँदे नयाँ मापदण्ड जारी गर्दै यसको पालना गर्न अनुरोध गरेको हो ।

जस अन्तर्गत विद्यालय एवं शैक्षिक संस्थाहरु भौतिकरुपमा सञ्चालन गर्न नपाइने, पूर्वनिर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने, सिनेमा हाल, पार्टी प्यालेस र सिनेमा हल जस्ता क्षेत्रहरु बन्द गर्न अनुरोध गरिएको छ ।

यसबाहेक विवाह समेत गरेर २५ जनाभन्दा बढी भेला नहुन, सार्वजनिक यातायातमा बिना मास्क नचढ्न र नचढाउन, सहचालकलाई १० रुपैयाँमा मास्क बेच्न दिन, लामो दुरीका सार्वजनिक यातायातमा बीचमा यात्रु नथप्न, गाडीको ढोकामै स्यानिटाइजर राख्न, चालक र सहचालकले अनिवार्य मास्क लगाउन, कार्यालयहरुमा सुरक्षाका मापदण्ड एवं स्यानिटाइजरको प्रयोग गर्नलगायतका अनुरोध जिल्ला प्रशासन कार्यालय काठमााडौंले गरेको हो ।

यस्तो छ प्रशासकीय अधिकृत मानबहादुर बुढाद्वारा जारी सुचना:

 



लोकप्रिय समाचार
नयाँ