काठमाडौं । मौसममा आएको बदलीपछि फेरि काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित शहर भएको छ । केही दिनअघि वर्षा भएसँगै प्रदूषणमा कमी आएको भए पनि मंगलबार अपरान्हपछि बिग्रिएको मौसमका कारण फेरि काठमाडौं विश्वकै प्रदूषित शहर बनेको हो ।
बुधबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १८० रहेको छ । दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई १७८ रहेको छ । तेस्रो स्थानको बंगलादेशको ढाकाको एक्यूआई १६२ रहेको छ ।
नेपालमा तुवाँलोसमेत बढ्दै गएपछि प्रदूषण पनि बढेको हो ।
काठमाडौं बाहेकका अन्य शहरको प्रदूषण पनि बढेको छ ।
यसअघि काठमाडौं लगातार १२ दिनसम्म विश्वकै सबैभन्दा प्रदूषित शहर बनेको थियो ।