राप्तीसोनारीका सबै कर्मचारीलाई कोरोना संक्रमण, गाउँपालिका शिल
सौरभ गिरी,
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
131
Shares
नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । गाउँपालिकाका १७ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाको कार्यालय शिल गरिएको छ ।
गाउँपालिकाका अनुसार कोरोना संक्रमण हुनेमा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, लेखा अधिकृत गौरब कुमार लामिछाने, लेखापाल कृष्ण रोकाय, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, स्वास्थ्य शाखा प्रमुख सुरेश शर्मा, जिन्सी प्रमुख महेन्द्र खड्का, पूर्व प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, गाउँपालिकाका सबै सवारी चालकहरु लगायत पिसीआर गराएका सबै जना रहेका छन् ।
कोरोना संक्रमण भए पनि सबैको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको लेखा अधिकृत लामिछानेले जानकारी दिएका छन् ।
यसअघि नै गाउँपालिकाका अध्यक्ष लाहुराम थारु कोरोना संक्रमण भएर होम आइसोलेसनमा बस्दै आएका छन् ।