काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै भारतमा चुनावी र्याली र सभामा रोक लगाइएको छ । कोरोनाले दैनिक साढे ३ लाख संक्रमित थपिन थालेपछि निर्वाचन आयोगले चुनावी र्याली र सभा आयोजना गर्न रोक लगाएको हो ।
भारतमा चुनावका कारण पनि कोरोना बढाउन मद्धत पुगेको छ । भीडभाड बढेसँगै संक्रमण तीव्र गतिले फैलिएको छ । चुनावका लागि खुला गरिएपछि अन्य क्षेत्रमा पनि मानिसहरुले अटेर गर्दै आएका छन् ।
त्यसपछि वाध्य भएर निर्वाचन आयोगले र्याली र सभामा रोक लगाएको हो ।
भारतका राज्यहरुमा यो वर्ष चरणवद्ध रुपले चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ ।
महामारी बढेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीको पनि आलोचना भएको छ । यसलाई ध्यानमा राखेर मोदीले कोरोना प्रभावित राज्यहरुका मुख्यमन्त्रीसँग वार्ता गर्दैछन् ।