नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमण बढ्दै जाँदा भेरी अस्पतालमा अक्सिजनको अभाव भएपछि सहयोगी हातहरु अघि बढेका छन् ।
अक्सिजनको अभाव हुन नदिन सहयोगी दाताहरुले आर्थिक सहयोग गर्ने कार्य जारी छ । कोरोना उपचारमा अक्सिजन अभाव नहोस् भन्दै स्थायी घर दाङ भएका नेपालगन्ज निवासी समाजसेवी, सफल युवा ब्यवसायी एवम नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष संगम शाहले बाँकेमा बढ्दो कोरोना संक्रमितको उपचारको लागि आवश्यक पर्ने सिलिण्डरमा प्रयोग हुने अक्सिजन खरिदको लागि शनिबार एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।
शाहले उक्त रकमको चेक भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा।प्रकाश थापालाई हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि शाहले गत बर्ष अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।