arrow

पहाडमा दुई सय र शहरमा पाँच सय सक्रिय संक्रमित भए निषेधाज्ञा गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
ccmc.jpg

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पहाडी जिल्लामा दुई सय तथा शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले सक्रिय संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि अवस्था हेरेर निषेधाज्ञाको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । 

‘पहाडी क्षेत्रमा दुई सय, शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित बढे निषेधाज्ञा लगाउन मन्त्रीपरिषद्लाई सिफारिस गर्ने सीसीएमसीको निर्णय हो,’ सीसीएमसीका एक सदस्यले भने । बैठकले चालु अवस्थामा रहेका तथा सुरु हुने क्रममा रहेका सबै परिक्षा स्थगित गर्न पनि मन्त्रीपरिषदमा सिफारिस गरेको छ ।

यसैगरी भारतीय सिमा नाका हुँदै आउने नेपाली बाहेकका नागरिकलाई प्रवेशमा रोक लगाउन पनि सीसीएमसीले सिफारिसमा भनेको छ । 

बैठकमा लक डाउन गर्ने विषयमा भने मन्त्रीहरुबीचमा नै मत बाझिएको छ ।स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गरेर भएपनि स्थितिलाई नियन्त्रणमा राख्नु पर्नेमा जोड दिएका थिए । 

तर, सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केहीले भने स्वास्थ्य मन्त्रीको भनाइमा सहमती जनाएनन् । उनीहरुले देशव्यापी रुपमा नभएर स्थान अनुसार स्थानीय प्रसासनलाई त्यो अधिकार दिन सकिने मत राखेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।



लोकप्रिय समाचार
नयाँ