काठमाडौँ । कोरोना भाइरसको संक्रमण अत्यधिक बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाउने तयारी भएको छ ।
पुरानै स्वरूपमा सबै क्षेत्रमा एकै पटक लकडाउन नभए पनि विभिन्न मोडालिटिमा निषेधाज्ञा जारी हुने भएको हो ।
लकडाउनको मोडालिटी तयार पार्नका लागि दिउँसो १ बजेदेखि काठमाडौँ, ललितपुर भक्तपुर तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
बैठकमा लकडाउनको खाका तयार गरी गृह मन्त्रालयसँग छलफल गरेर सोही अनुसार निषेधाज्ञा जारी हुने देखिएको छ ।
'कोरोना सङ्क्रमण अत्यधिक बढेका कारण केही समय कडाइ गर्नुपर्ने अवस्था देखियो त्यसैले आज निर्णय हुन लागेको छ', काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले हाम्रा कुरासँग भने ।
यसअघि हिजो मात्रै कोभिड१९ नियन्त्रण तथा रोकथाम केन्द्र (सीसीएमसी)को बैठकले पहाडमा २ सय र तराई तथा उपत्यकामा ५ स सङ्क्रमित नाघेमा लकडाउन गर्न स्थानीय सरकारलाई अधिकार दिएको थियो ।
काठमाडौं लगायतका केही जिल्लामा ५ सयभन्दा बढी सङ्क्रमित पुगिसकेको कारण पनि लकडाउन गर्ने तयारी भएको हो ।