arrow

काठमाडौँ उपत्यकामा १६ गते बिहानबाट निषेधाज्ञा : सार्वजनिक र निजी सवारी बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
CDO-Office-KTM.jpg

काठमाडौँ । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर काठमाडौँ उपत्यकामा १६ वैशाख बिहानबाट निषेधाज्ञा जारी गरिने तयारी भएको छ ।  

केही बेरअघि सम्पन्न काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले १६ वैशाखबाट उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेका हुन् । निर्णय ड्राफ्ट तयार गरेर सार्वजनिक गर्ने तयारी हुँदैछ ।

उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीका अनुसार निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पूर्ण रूपमा बन्द गरिने छ । यस्तै कार्यालयहरू आधा मात्रै कर्मचारी राखेर सञ्चालन गरिने छ ।

‘निषेधाज्ञामा काठमाडौँ उपत्यका भित्र निजी तथा सार्वजनिक यातायातका साधन बन्द हुने छन्, कार्यालयहरू आधा मात्रै कर्मचारी राखेर सञ्चालन गर्नु पर्ने छ,’ एक जना प्रमुख जिल्ला अधिकारीले हाम्रा कुरासँग भने ।

यसै गरी होटेल तथा रेष्टुरेण्टहरुबाट प्रत्यक्ष रूपमा दिइने सेवासमेत पूर्ण रूपमा बन्द गरिने निर्णय भएको छ तर प्याकिङ तथा हो डेलिभरीको सेवालाई भने बन्द नगरिने निर्णय भएको बताइएको छ ।

यसै गरी अत्यावश्यक सेवा दिने किसिमका पसलहरू मात्र सञ्चालन गर्न दिइने छ । जसअन्तर्गत औषधी, खाद्य वस्तु, तरकारी, दूध लगायतका पसलहरू मात्रै सञ्चालन गर्न पाइने छ ।



लोकप्रिय समाचार
नयाँ