arrow

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान विदेशीलाई रोक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
airport.jpeg

काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा बढीरहेको भन्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ । यो नियम १५ वैशाखबाट लागु हुने छ ।

अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले एक सूचना प्रकाशित गर्दै त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक जान नेपाल आउन र त्रिभुवन विमानस्थललाई ट्रान्जिटका रुपमा मात्र प्रयोग गरी अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको जनाएको छ ।

विदेशबाट नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट विदेश जाने भने रोक लगाइएको छैन ।



लोकप्रिय समाचार
नयाँ