arrow

प्रजिअलाई कोरोना देखिएपछि जिप्रका बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
covid-test-positive-corona_1618150029.jpg

चौतारा । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेललाई कोभिड-१९ संक्रमण देखा परेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवा बन्द गरेको छ ।

कार्यालयले आज एक सूचना प्रकाशित गरी यही वैशाख १५ देखि २१ गतेसम्म कार्यालयको सेवा बन्द गरिएको जनाएको छ ।

सोमबार स्वाब सङ्कलन गरी पठाइएकामा एक कर्मचारीसहित छ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।

जिल्लामा हालसम्म ८८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेका छन् । तीमध्ये १७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ