arrow

२४ घण्टामा ७ सय भन्दा बढी व्यक्ति संक्रमणमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
corona-negative.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ सय ७३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७९ हजार २ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । योसँग कुल संक्रमित हुनेको सङ्ख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ११ पुगेको छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या ३० हजार २ सय ९ पुगेको छ । हाल ३ सय १७ जनाको आइसियुमा उपचार भइरहेको छ भने ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २ सय ३२ र ललितपुरमा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।



लोकप्रिय समाचार
नयाँ