काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८ सय ९७ मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा चार हजार ८ सय ९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
तेह्र हजार ८ सय ७९ को पीसीआर गर्दा चार हजार ७ सय ७४ र ९ सय ५५ जनाको एन्टीजेन गर्दा १ सय २३ जनामा कोरोना पुष्टि भएको हो । कूल संक्रमितमध्ये हाल ३० हजार २ सय ९ सक्रिय संक्रमित छन् ।
त्यस्तै कूल संक्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४ सय ६४, ललितपुरमा ३ सय ५१ र भक्तपुरमा २ सय ३२ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाभित्र मृत्यु हुनेको सङ्ख्या भने १० रहेको छ ।
हालसम्म मृत्यु हुने संक्रमितको सङ्ख्या तीन हजार २ सय ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ सय ७३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।