arrow

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
damannath.jpg

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण भएको छ । विहीबार विहान सामाजिक संजालमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

उनले आफूलाई कुनै असहज नभएको तर समूदायस्तरमा फैलिसकेको महामारी नियन्त्रणमा सरकारको भूमिकाबारे प्रश्न गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘आज आफ्नैबारेः सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो । उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु। समुदायस्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’



लोकप्रिय समाचार
नयाँ