arrow

बिर्तामोडका संक्रमित पुरुषको विराटनगरमा मृत्यु

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
dead2.jpg

झापा । झापामा कोरोना संक्रमणका कारण बिहीबार थप एक जनाको मृत्यु भएको छ ।

बिर्तामोडका नवराज सापकोटाको बिहीबार बिहान उपचारका क्रममा विराटनगरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाइँले पुष्टि गरेका छन् । उनको मृत्यु कोरोना कै कारण भएको पुष्टि भए पनि विस्तृत विवरण प्राप्त भई नसकेको उनले जनाएका छन् ।

दमक, बिर्तामोड, गौरीगञ्ज , काँकडभिट्टा लगायतका ठाउँमा अहिले कोरोनाको संक्रमण बढी फैलिएको पाइन्छ । भारत सँग सिमाना जोडिएको गौरिगन्ज गाउँपालिकामा मात्र संक्रमितको सङ्ख्या २० पुगेको छ ।

 त्यसै गरी दमक नगरपालिका वडा न २ का वडाध्यक्ष प्रजापति सापकोटा पनि कोरोनाबाट संक्रमित भएका छन् । उनलाई बुधवार कोरोना पुष्टि भएपछि आज ( बिहीबार) थप उपचारका लागि विराटनगर लगिएको छ । उनलाई श्वास प्रश्वास, खोकी र ढाड दुख्ने जस्ता लक्षणका कारण समस्या भएपछि थप उपचारका लागि आज बिहान विराटनगरस्थित विराट मेडिकल अस्पताल लगिएको हो ।

यससँगै झापामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार मृत्यु भएका २ जना सहित जम्मा १३३ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ