arrow

टोल फ्री नं ११४० मा फोन गरेर समस्या सुनाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
ccmc.jpg

काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।

सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेले बिहिवार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइटमा रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी संक्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो ।

कोरोना भाइरस संक्रमणको दर उच्च भएपछि सरकारले बिहिवारदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।



लोकप्रिय समाचार
नयाँ