arrow

बिहिवार थपिए चार हजार ९ सय २८ संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९ सय २८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५ सय ६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५ सय ९७ जनाको पीसीआर र ९ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८ सय ३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो  २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५ सय ६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ संक्रमित थपिएका हुन् । उपत्यका बाहिर ५ सय २८ र बाँकेमा ४ सय ८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १ सय ३७, पर्सामा १ सय ५० र दाङमा १ सय ८१ संक्रमित थपिएका छन् ।  

बिहिवारसम्म नेपालमा संक्रमितको सङ्ख्या तीन लाख १७ हजार ५ सय ३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८ सय ८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १ सय ६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।

अहिले देशभर ३४ हजार १ सय १७ सक्रिय संक्रमित छन् ।  हालसम्म नेपालमा २४ लाख ५८ हजार ५ सय ६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २ सय ४६  जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ