काठमाडौं । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड१९ को सङ्क्रमणबाट निधन भएको छ । हाल आजतकमा आबद्ध रहिआएका पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो ।
भारतीय टिभी पत्रकारले सरदानालाई हृदयघात भएको ट्विट मार्फत बताएका छन्।
उनले आफ्नो परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका थिए । तर, सीटी स्क्यानबाट उनको फोक्सोमा भने कोभिड१९ले क्षति गरेको पाइएको थियो ।
सरदानाले उक्त जानकारी आफ्नै ट्विटमार्फत दिएका थिए।