काठमाडौं । भारतमा शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २ लाख ९८ हजार ९५१ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । यसअघि बिहीबार त्यो दिनसम्मको कीर्तिमानी २ लाख ९१ हजार ४८४ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो ।
योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ५६लाख ७३ हजार ३ पुगेको छ ।
भारतमा शुक्रबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १ हजार ९११ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना भयावह स्थितिमा पुगेको छ । बिहीबार ३ लाख ८६ हजार ६५४ जना संक्रमित थपिएका थिए ।
योसँगै भारतमा कुल संक्रमित १ करोड ९१ लाख ५७ हजार ९४ पुगेका छन् ।
हाल ३२लाख ६३ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार मात्रै ३ हजार ५२१ जनाको ज्यान गएको छ । बिहीबार ३ हजार ५०१ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ८३५ रहेको छ ।
भारतमा अहिलेसम्म १५ करोड २२ लाख ४५ हजार १७९ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।