arrow

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोनाको लक्षण, नर्भिक अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
jhalanath-khanel-1619874717.jpeg
तस्बिर : फाइल

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

मनमोहन अस्पताल भर्ना भएका खनाललाई अहिले नर्भिक अस्पताल ल्याइएको उनको निजी सचिवालयले जनाएको छ । 

निजी सचिवालयका अनुसार उनमा कोरोनाको लक्षण देखिएको हो, अवस्था सामान्य नै छ । शुरुमा उनलाई श्वासप्रश्वासमा समस्या आउने, पेट दुख्ने र पखाला लाग्ने समस्या देखिएको थियो ।

खनाल निकट कुनाल राईले निजी सचिवालयलाई उद्धृत गर्दै सामाजिक संजालमार्फत जनाए अनुसार खनाललाई कोभिड १९ को सामान्य लक्षण देखा परेको कारण नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा भर्ना गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ