काठमाडौं । भारतमा शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको छ । संक्रमित उनीहरुले कोरोना जितेका छन् ।
योसँगै भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ५९ लाख ८१ हजार ७७२ पुगेको छ । भारतमा शनिबार एकैदिन विश्वकै सबैभन्दा बढी ३ लाख ९२ हजार ४५९ जना संक्रमित थपिए । योसँगै भारतमा कुल संक्रमित १ करोड ९५ लाख ४९ हजार ६५६ पुगेका छन् ।
हाल ३३ लाख ४३ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार मात्रै ३ हजार ५०१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार ५२३ रहेको छ ।
भारतमा अहिलेसम्म १५ करोड द्धढ लाख ८९ हजार ६३५ जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।