गोदावरी । कैलालीमा कोरोना भाइरसको संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आइतबार अपराह्न मृत्यु भएको हो ।
कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिवार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उनका श्रीमान् मोतीलालले बताए ।
कैलालीको लम्की चुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिइन् ।