कोरोना भाइरसः भारतमा एकैदिन सबैभन्दा बढीलाई निको, सबैभन्दा बढीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
69
Shares
तस्वीर–दिल्लीमा रेमडेसिभिर औषधिमा कालोबजारी गर्ने नर्ससमेत चार जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाइएको ।
काठमाडौं । भारतमा मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीलाई निको भएको छ । मंगलबार एकैदिन ३ लाख ३७ हजार ५ सय ४८ जनालाई निको भएको हो ।
सोमबार एकैदिन ३ लाख १८ हजार ७ सय ६१ जनालाई निको भएको थियो । आइतबार २ लाख ९९ हजार ८०० जनालाई निको भएको थियो । शनिबार ३ लाख ८ हजार ५२२ जना कोरोना भाइरसका संक्रमितलाई निको भएको थियो ।
अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ६९ लाखि ३८ हजार ४०० पुगेको छ । भारतमा कोरोना संक्रमित थपिने क्रममा पनि कमी आएको छ ।
मंगलबार एकैदिन ३ लाख ८२ हजार ६०२ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमित २ करोड ६ लाख ५८ हजार २३४ पुगेका छन् । हाल ३४ लाख ८४ हजार ८२४ जना सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार मृतक एकैदिन बढेका छन् । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार ७८३ जनाको ज्यान गएको छ । यो भारतको सबैभन्दा बढी हो ।
अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २६ हजार १६९ रहेको छ ।
भारतमा अहिलेसम्म १५ करोड ८९ लाख ३२ हजार ९२१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।