arrow

कोरोनाका संक्रमित १८ जना पुगेपछि मुगुमा लगाइयो निषेधाज्ञा

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
mugu-dccmc.jpg

मुगु । हप्ता दिन यताबाट मुगुको छाँयानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा लागु हुने भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोना भाइरसका सक्रमितहरुको संख्या बढ्न थालेपपछि यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको हो । 

छाँयानाथ रारा नगरपालिकामा रहेको जिल्ला अस्पतालमा सोमबार कोरोना भाइरसको परिक्षण गर्न पुगेकाहरुलाई एन्टिजेन परीक्षण गर्दा ४ र खत्याड गाउँपालिकामा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । 

पछिल्ला पोजेटिभसँगै मुगुमा १८ जना संक्रमित पुगेपछि यसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि बैशाख २२ गते राति १२ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु गर्ने कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी गराए ।

जिल्लाभर अति आबश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटल, खाद्यन्न तरकारी फलफूल, ग्यास  पसल तथा व्यवसायहरु बिहान ९ देखि मध्यान्ह १२ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । 

यता खत्याड गाउँपालिकाले आफ्ना गाउँपालिकामा अति आवश्यक बाहेक सबै सेवा बन्द गर्ने र गाउँपालिकाभित्र एक गाउँबाट अर्को गाउँसम्म आवत जावतमा रोक लगाएको छ । 

यो गाउँपालिकाले होटल, खाद्यान्न तरकारी फलफूल, ग्यास  पसल तथा ब्यवसायहरु बिहान ८ देखि ११ बजे तथा दिउँसो ३ देखि साँझ ६ बजेसम्म स्वास्थ्यका मापदण्ड अपनाएर  खोल्ने निर्णय गरेको छ ।

यस्तै निषेधआज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरु र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरुले आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
नयाँ