काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५४ जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ५ सय २९ पुगेको छ ।
हाल सक्रिय सङ्क्रमित सङ्ख्या ७२ हजार ५ सय ६१ रहेको छ । काठमाडौँमा ३ हजार १ सय ६३, ललितपुरमा ५ सय ६७ र भक्तपुरमा २ सय ४२ जना गरी काठमाडौँ उपत्यकामा मात्रै झन्डै चार हजार सङ्क्रमित थपिएका छन् ।
हाल ६ सय ५२ जनाको आइसियु र २ सय १ जनाको गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको छ ।