arrow

९ हजार भन्दा बढी सङ्क्रमित थपिए, ५० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
corona-nepal-update-1620371793.jpg
तस्बिर : फाइल

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ९६ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ७७ हजार ६सय ३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ९५ हजार ३ सय ९५ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु भएको योसँगै कुल मृतक सङ्ख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

हाल सक्रिय सङ्क्रमित सङ्ख्या ७८ हजार ६ सय ८९ पुगेको  छ । काठमाडौंमा मात्रै ३ हजार २९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने, भक्तपुरमा ३ सय ७४ र ललितपुरमा ६ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

हाल ७ सय २८ जनाको आइसियु र २ सय ३१ जनाको गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
नयाँ