कोभिड१९ : अक्सिजन लेभल र मुटुको गति नाप्न सकिने मोबाइल एप 'एमभाइटल' सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
100
Shares
काठमाडौँ। कोभिड१९को महामारीका बेला अत्यावश्यक मेडिकल अवस्थाको मापन मोबाइल एपबाटै गर्न सकिने भएको छ। इजरायली प्रविधिबाट बनेको एमभाइटल्स (Mvitals) एपले एक मिनेटमै घरमै स्वास्थ्य अवस्था माेनिटर गर्न सकिने भएको हो।
यो एपबाट मुटुको गति, अक्सिजन स्याचुरेसन, मुटुको गतिमा फेरबदल, श्वासप्रश्वास दर र मानसिक तनावको स्थिति मापन गर्न सकिने छ।
कोभिड१९को सङ्क्रमण भएको अवस्थामा ९४ प्रतिशत भन्दा कम अक्सिजन स्याचुरेसन पुग्नु घातक मानिन्छ। यस्तै मुटुको गतिको मापन पनि यस्तो अवस्थामा अत्यावश्यक रहन्छ।
मोबाइल एपबाट सहजै अब, यी सबै कुराहरू मापन गर्न सकिने भएको हो। यो एपको प्रयोगबाट बिरामी समयमै अस्पताल जान सक्नेछ र ठुलो सङ्कटबाट जोगिन सकिने छ। यो एप प्रयोगका लागि ई सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने छ।
एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ भने, प्ले स्टोर र एप स्टोरमा 'Mvitals' सर्च गर्दा पनि पाउन सकिने छ।