काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न उनको निवास पुगेका छन् ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको कांग्रेसको थप रणनीति बुझ्न उनीहरु आइतबार बिहानै बुढानिलकण्ठ पुगेका हुन् । एमाले भित्रको माधव नेपाल पक्षलेसमेत प्रधानमन्त्री केपी ओलीलाई साथ नदिने तयारी गर्दैगर्दा उनीहरु देउवालाई भेट्न पुगेका हुन् ।
कांग्रेस उच्च स्रोतका अनुसार मावव पक्षले ओलीलाई साथ नदिने भएमा जसपा पनि ओलीलाई साथ नदिने रणनीति बनाउँदैछ । त्यही रणनीतिको तयारीका लागि उनीहरु कांग्रेस नेताहरुसँग भेट्न पुगेका हुन् ।