उपेन्द्र यादवलाई कारबाहीको डण्डा, ३ दिनभित्र स्पष्टीकरण बुझाउन महन्थ ठाकुरले काटे पत्र
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
479
Shares
काठमाडौँ। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण सोधेका छन्। ७ बुँदे स्पष्टीकरण ३ दिन भित्र बुझाउन भनिएको छ।
काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू सहितका सांसदहरूलाई पार्टी निर्णय तथा हित विपरीत हस्ताक्षर गर्न लगाएको आरोप ठाकुरले लगाएका छन्।
जेठ ११ गते काटिएको सो सात बुँदे स्पष्टीकरणमा पार्टी एकता विरोधी गुट चलाएको, एकल अध्यक्षतामा पार्टीको बैठक चलाएको, लुम्बिनी प्रदेशका ४ सांसदलाई अनधिकृत रूपमा कारबाही गरिएको लगायतका आरोप लगाउँदै यादवलाई स्पष्टीकरण काटिएको हो।
फुटको औपचारिक घोषणा हुन बाँकी रहेको जसपा यो स्पष्टीकरण प्रकरण पछि भन्ने औपचारिक विभाजनमा जाने देखिएको छ। नयाँ सत्ता समीकरणसँगै स्पष्टीकरण काट्ने ठाकुर समूह प्रधानमन्त्री केपी ओली खेमामा छ भने यादव समूह काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको विपक्षी खेमामा छ।