arrow

संक्रमणबाट झापामा थप ४ जनाले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २७ सोमबार
Jhapa-hamrakura.jpg.jpeg

झापा । झापामा कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अर्जुनधारा ९ का ४४ वर्षीय र ६१ वर्षीय पुरुष , गौरादह ४ का एक ६६ वर्षीय वृद्ध पुरुष र शिवसताक्षीका ८६ वर्षीय वृद्ध रहेका छन् ।

गत हप्तादेखि संक्रमित अर्जुनधाराका कोरोना संक्रमित ४४ वर्षीय पुरुष वैशाख २३ गते बिर्तामोड स्थित बिर्ता सिटी अस्पताल भर्ना भएका थिए ।

बिर्तामोडमा व्यापार गर्दै आएका निजलाई ज्वरो बढ्दै गएपछि अस्पताल भर्ना गरिएको उनका निकट साथीले जानकारी दिएका छन् ।

 आइतबार साँझसम्म स्वास्थ्य ठिकै देखिएता पनि एक छिनमा अक्सिजन कम भएको डाक्टरले बताएपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा उपचार सुरु गरिए पनि उनको मृत्यु भएको छ । शारीरिक रूपमा तन्दुरुस्त भएर पनि कोरोना लाई पराजित गर्न नसक्दा उनको ज्यान गएको छ ।

त्यस्तै मृत्यु हुनेमा अर्जुनधारा ५ का अर्का ६१ वर्षीय वृद्ध रहेको अर्जुनधारा नगर स्वास्थ्य शाखाले जनाएको छ । त्यसैगरि उता गौरादह नगरपालिका वडा न ४ का ६६ वर्षीय एक वृद्धको कोरोनाकै कारण आज बिहान ज्यान गएको छ ।

कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि दमक स्थित एडभान्स अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको छ ।

 त्यसै गरी बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा शिवसताक्षी नगरपालिकाका एक कोरोना संक्रमित वृद्धको आज सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १० का ८५ वर्षीय वृद्ध रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ