arrow

राजनीतिक आन्दोलनमा लागेका साथीहरु जेलमा छन्, कसरी मत दिनु ?: महन्थ ठाकुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २७ सोमबार
mahanta thakur.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरु जेलमा रहेकाले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरु तटस्थ उल्लेख गर्दै ठाकुरले मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरु जेलमै रहनु दुर्भाग्य भएको बताए ।

संविधान संशोधनको माग राख्दै ठाकुरले भने, ‘संविधानमा त्रुटी छ, सरकार अल्पमतमा पर्‍यो भने कसरी बजेट बनाउँछ, त्यसैले त्रुटीपूर्ण संविधानको संशोधनको माग गर्दछौं ।’ लोकतन्त्र आए पनि हाम्रो लागि नभएको बताएका ठाकुरले अहिले पनि जातीय र क्षेत्रीय आधारमा पीडित हुनुपरेको बताए ।

सांसद रेशम चौधरी जेलमा रहेको, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तारेखमा रहेको भन्दै ठाकुरले विश्वासको मत दिन नसक्ने पनि बताए । उनले भने, ‘लोकतन्त्र आइसकेपछि हामी पीडित अवस्थामा छौं, साथीहरु जेलमा छन् ।’



लोकप्रिय समाचार
नयाँ