arrow

निजगढमा कोभिड अस्पताल सञ्चालन, मेयरको गाडी एम्बुलेन्स बनाइने 

logo
नवराज चौलागाईं,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
nijgadh-corona-hospital.jpg

निजगढ। निजगढ नगरपालिकाले कोभिड अस्पतालको व्यवस्था गरेको छ । नगरपालिकाले वडा नम्बर ९ मा  रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधा सहित १५ बेड क्षमताको कोभीड अस्पताल सञ्चालनमा ल्याएको निजगढका मेयर सुरेश कुमार खनालले बताए । 
           
नगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क कोभिड अस्पतालमा होम अईसोलेसनमा उपचार सम्भव नभएकाहरूलाई राखेर उपचार गरिनेछ । कोभिड सङ्क्रमितको उपचारको लागी नगरपालिकाको सहयोगमा यसअघि पनि नगर क्षेत्रका विभिन्न सामुदायिक तथा निजी अस्पतालहरूमा १२ बेड क्षमताको अईसोलेसन निर्माण गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए । योसँगै निजगढमा २७ बेडको अईसोलेसन तयारी अवस्थामा रहेको स्वास्थ्य शाखा प्रमुख लामाले बताए ।
      
यसै गरी कोभिड सङ्क्रमितहरूलाई आवश्यकता परेको समयमा निजगढका मेयर सुरेश कुमार खनालले प्रयोगमा गर्ने सवारी साधन निःशुल्क एम्बुलेन्सको रूपमा सञ्चालन गरिने भएको छ । नगर भित्रका कोभिड सङ्क्रमित बिरामीहरूको उपचार सेवा प्रभावकारी बनाउन मेयर खनालले आफूले प्रयोग गर्ने सुमो निःशुल्क एम्बुलेन्सको रूपमा सञ्चालन गरिने जनाए । 

नगरपालिकाले होम अईसोलेसनमा बसेका कोरोना सङ्क्रमित र कोरोना सङ्क्रमणका  लक्षण देखिएका बिरामीहरूलाई उपचार र परामर्श दिनको लागि र्यापिड रेस्पोन्स टिम समेत बनाएको छ । नगरपालिकाले साबिकको निजगढमा प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक डाक्टर प्रिन्स तिवारी,भरतगंज सिंगौलमा उमेश गुरो र रतनपुर क्षेत्रमा दिनेश परियारको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम बनाएको हो । 
      
नगरपालिकाले बनाएको र्यापिड रेस्पोन्स टिमले होम अईसोलेसनमा बसेका कोरोना भाइरस सङ्क्रमित र कोरोनासँग लक्षण मिल्ने खालका बिरामीहरूको निगरानी गरी आवश्यक परामर्श र उपचारको व्यवस्था गरिने निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताए ।



लोकप्रिय समाचार
नयाँ