पाकिस्तानमा महिला अधिकारकर्मीहरू विरुद्ध धार्मिक निन्दाको अभियोग लगाउने धम्की
एजेन्सी
प्रकाशित २०७८ वैशाख २९ बुधबार
65
Shares
इस्लामाबाद। पाकिस्तानमा धार्मिक कट्टरपन्थीहरूले महिला मानव अधिकारकर्मीहरू माथि धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिएका छन् ।
पाकिस्तानमा केही धार्मिक कट्टरपन्थीहरूले पाकिस्तान महिला अभियानको आयोजकहरूलाई धार्मिक निन्दाको अभियोग लगाउने धम्की दिँदै आएका छन् । धार्मिक निन्दाको अभियोगले महिला अधिकारकर्मीहरूमाथि ठुलो खतरा निम्तिन सक्ने विश्लेषण गरिएको छ ।
विगतमा पाकिस्तानमा धार्मिक निन्दाको अभियोगमा सात जनाले ज्यान समेत गुमाउनु परेको उदाहरण छ । धार्मिक निन्दाको अभियोगले विशेष गरी महिला मानवअधिकारकर्मीहरूलाई खतरा र त्रास रहेको मानव अधिकारकर्मीहरू बताउँछन् ।
लोकतान्त्रिक नभई धार्मिक मुलुक रहेको पाकिस्तानमा धार्मिक नेताहरूको ठुलो प्रभाव रहेको पाकिस्तान मानव अधिकार आयोगका पूर्व प्रमुख मेहदी हसनले बताए । महिला मानवअधिकारकर्मी तथा अभियन्ता हरू माथि कुनै पनि समयमा धार्मिक निन्दाको अभियोगमा आक्रमण हुन सक्ने भन्दै हसनले सरकारले उनीहरूको सुरक्षा गर्नुपर्ने बताए।