arrow

उदयशमसेरको प्रश्न: प्रधानमन्त्री ज्यू, शिलापत्रमा नाम लेखाउने जोखिमपूर्ण रहर नगरे हुन्न ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
udaya_samser_rana.jpg

काठमाडौं । कोरोना महामारीका बेला ललितपुरको गोदावरी नगरपालिका-३ मा निर्माण भएको सम्मेलन केन्द्र उद्घाटन कार्यक्रमका लागि शहरी विकास मन्त्रालयले निमन्त्रणा बाँड्न थालेपछि कांग्रेस नेता उदयशमसेर राणाले त्यसको विरोध गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अथिति बनाइ तीन हजार सिट क्षमताको ‘गोदावरी सनराईज सम्मेलन केन्द्र उदघाटन’ कार्यक्रमको निमन्त्रणा कार्ड धमाधम वितरण गरिएपछि नेता राणाले गम्भीर आपत्ति प्रकट गरेका हुन् ।

बैशाख ३१ गते शुक्रबार ११ बजेका लागि तयार भएको निमन्त्रणा पत्रको तस्विर सामाजिक संजालमा प्रधानमन्त्रीलाई समेत मेन्सन गर्दै पोष्ट गरेर नेता राणाले भनेका छन्,‘ललितपुरमा विभिन्न संयन्त्रहरूमा यो ‘निमन्त्रणा’ धमाधम बाँड्दैछ । कोरोनाको कहरले संक्रमित र मृतकको यस्तो तथ्यांक आउँदै गर्दा, प्रधानमन्त्री ज्यूले शिलापत्रमा नाम लेखाउने जोखिमपूर्ण रहर नगरे हुन्न ? प्रम के लाज त लाग्दैन ?’
 



लोकप्रिय समाचार
नयाँ