झापा । काठमाडौंमा अक्सिजन सहितको बेड अभाव भएपछि उपचारका लागि सातदोबाटोकी एक संक्रमित महिलालाई विर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याइएको छ । काठमाडौंस्थित सातदोबाटोकि ५७ वर्षीया सावित्रा श्रेष्ठलाई उपचारका लागि बिएन्डसी ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिएका छ्न ।
कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा रहेकी श्रेष्ठलाई काठमाडौंमा अक्सिजन सहितको बेड नपाउदा बिर्तामोड स्थित बिएन्डसी ल्याइएको अस्पतालका जनसम्पर्क अधिकारी गिरीले जानकारी दिएका छ्न ।
अक्सिजन सहितको बेड सुविधा उपलब्ध हुदा देसका विभिन्न जिल्लाहरुबाट कोरोना संक्रमितहरुलाइ थप उपचारका लागि बिएन्डसी अस्पतालमा थप उपचारका लागि ल्याउनेक्रम जारी छ ।
पछिल्लो समय झापा जिल्लाको बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा देसका विभिन्न स्थान हरुबाट दैनिकजसो कोरोना संक्रमित हरु एयर लिफ्ट मार्फत बेड सिफ्ट गरि ल्याउने गरिएको गिरिले बताएका छ्न ।
देशका विभिन्न अस्पतालबाट आज बिहिबार सहित ११ जना कोरोना संक्रमित हरुलाई हेलिकप्टर मार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ ।
मंगलबार अल्टिचुड एयरको हेलिकप्टर मार्फत नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका ५५ वर्षीय नरनाथ फुयाललाई बिएन्डसी ल्याएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिएका छ्न । त्यसैगरी बैशाख २७ गते पनि ३ जना कोरोना संक्रमित हरुलाई बिएन्डसी ल्याइएको थियो ।
भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियु) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँका दुई र काभ्रेपलाञ्चोकका एक संक्रमितलाई एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी बिर्तामोड ल्याइएको थियो ।
गिरीका अनुसार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत् सोलखुम्बुका ५० वर्षीय सार्की शेर्पा, मनमोहन मेमोरियल अस्पतालबाट दोलखाका ५५ वर्षीय चन्द्रबहादुर लाखे र काभ्रेका ३६ वर्षीय सुशीला योगी लाई हवाइ बेड सिफ्ट गरी उपचारार्थ बिएन्डसी भर्ना गरिएको छ ।
यसअघि काठमाडौँ सहित दाङ जिल्ला र पर्सा जिल्लाको वीरगञ्ज लगायतका ठाउँबाट ल्याइएका जटिल अवस्थाका संक्रमितको बिएन्डसीमा उपचार भइरहेको छ ।