arrow

रिपोर्ट आइसक्दा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
dead2.jpg

बलेवा । बिहिवारै कोरोना संक्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको बिहिवार बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । 

बिहिवार बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताए । “अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भने, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गर्नुभएको छ ।” 

समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उनि बताउछन् । बागलुङमा बिहिवार मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ