arrow

रामग्राम नगरपालिकाद्वारा कोभिडका बिरामीलाई घरदैलो सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
ramgram.jpg

नवलपरासी । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कोभिड-१९ संक्रमित भई होम आइसोलेसनमा बसेका संक्रमितहरुको घर–घरमा पुगेर औषधी  वितरणको शुरुवात गरेका छन् ।

नगरपालिकाले कोविड-१९ संक्रमित भई होम आइसोलेसनमा रहेका नगरभित्रका सबै बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने र औषधीसहित स्वास्थ्य सामाग्री बितरण गर्ने कामको वडा नम्बर ४ बाट थालनी गरिएको हो ।

होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक पर्ने प्राथमिक औषधी (सिटामोल, जिकं चक्की, भिटामिट सि. भिटामिन बि टुवेल , जीवनजल आदी)सहित मास्क र जनचेतना मुलक प्रचार सामाग्री लिएर नगर प्रमुख गुप्ता आफैं संक्रमिको घर घर पुगेका थिए ।

नगरभित्र आईसोलेसनमा बसेका सवै संक्रमितहरुलाई आवश्यक पर्ने न्यूनतम औषधी र स्वास्थ्य सामाग्री वितरण गरिने योजना रहेको प्रमुख गुप्ताले जानकारी दिए । नगरप्रमुख गुप्तासहित स्वास्थ्यकर्मीको टोलीले  संक्रमित सबैको घर घरमा पुगेर विरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै विरामीलाई आवश्यक औषधी र स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो  ।

नगरपालिकाले यस वाहेक आइसोलेसनमा बसेका संक्रमितहरुलाई आवश्यकता अनुसार टेलिफोनबाट स्वास्थ्यकर्मी मार्फत परामर्श दिने व्यवस्था समेत मिलाइएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए ।

वडा न.४ का संक्रमितको घरदैलोमा पुगेर औषधी र स्वास्थ्य सामाग्री बितरण भएपछि नगरपालिकाबाट गरिएको  उक्त काम प्रशंसनीय रहेको र यसबाट बिरामीले राहतको महसुश गरेको वडा न. ४ का वडा अध्यक्ष मदन यादवले बताए ।

यसअघि नगरपालिका वडा न-४ जितपुरस्थित पाल्ही बहुमुखी क्यापसको भवनमा अख्सिजनसहितको २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा आएपछि कोभिड बिरामीले सेवा लिदै आएका छन् । 



लोकप्रिय समाचार
नयाँ