arrow

परासीको मेयर सहित सुरक्षाकर्मीका प्रमुखको टोलीद्वारा निषेधाज्ञाको अनुगमन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
nawaparai-mayor.jpg

परासी। नवलपरासी पश्चिमको सदरमुकाम परासी क्षेत्रमा लगाइएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन नगरप्रमुख नरेन्द्रकुमार गुप्तासहित सुरक्षाकर्मीका प्रमुखको संयुक्त टोलीले आज अनुगमन गरेको छ।

रामग्राम नगरपालिका प्रमुख गुप्ता, प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्र, प्रहरी उपरीक्षक अजय केसी, लगायतको टोली नगरका विभिन्न क्षेत्रमा पुगेर निषेधाज्ञाको अवस्था बारे अनुगमन गरेको हो।

कोभिड१९को सङ्क्रमण दर बढ्दै गएको अवस्थामा नगर बासीको स्वास्थ्य स्थितिलाई मध्य नगर गर्दै निषेधाज्ञालाई थप प्रभावकारी बनाउन अनुगमन थालिएको नगर प्रमुख गुप्ताले जानकारी दिए। टोलीले अनुगमनको क्रममा विभिन्न बाहान बनाएर विना काम हिड्डुल गर्ने व्यक्तिलाई सम्झाई बुझाई पुन घर फर्काइएको थियो।

निषेधाज्ञालाई पूर्ण रूपमा पालना गराउन नगरका चोक चोकमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।



लोकप्रिय समाचार
नयाँ