काठमाडौं । नेपाली कांग्रेस नेता एवम सांसद गगन थापाको पहलमा काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीय संक्रमितका लागि आइसोलेसन सेन्टर शुरु भएको छ ।
काठमाडौं तिलगंगाको विजय चोकमा रहेको प्यारागन पब्लिक स्कुलको भवनमा आइसोलेसन सेन्टर शुरु गरिएको थापाले जानकारी दिए । आफ्नो घरमा आइसोलेसनमा बस्न उपयुक्त वातावरण नभएका संक्रमित व्यक्तिहरुका लागि आइसोलेसन शुरु गरिएको हो ।
शुरुमा १५ जना क्षमता रहेको आइसोलेसन कक्षलाई चाँडै ५० जनासम्मको आइसोलेसन सेन्टर बनाउने तयारी रहेको थापा बनाउँछन् । चिकित्सकीय सेवासहित खानाको व्यवस्था गरिएको सेन्टरमा सामान्य स्वास्थ्य हेरचाह गरिने र अक्सिजन सेवा आवश्यक परेकालाई अक्सिजन सेवा रहेको अर्कै आइसोलेसनमा पठाउने व्यवस्था गरिनेछ ।
पारागन स्कुलसँगैको सहकार्यमा शुरु भएको सेन्टरमा बसेका संक्रमितहरुलाई जटिल समस्या भए अस्पतालसम्म पुर्याउन सहयोग गरिने थापाले बताए ।
थापाले यो सेवा आवश्यक परेमा सांसदको कार्यालयका स्वयंसेवकलाई ९८६०३४०५८७ मा एसएमएस गर्न सकिने बताइएको छ । थापाकै पहलमा गत बैशखा २५ गतेदेखि 'हेल्थ एट होम' नामक संस्थासँगको सहकार्यमा होम आइसोलेसन सेवा शुरु भइसकेको छ ।