भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति मान्य हुँदैन: गगन थापा
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
545
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व स्वास्थ्य मन्त्री गगन थापाले भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि हातपात र कुटपिट भएको घट्नाप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै थापाले कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन। रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण, दुर्व्यवहार गर्नु यो निन्दनीय, अकल्पनीय, अक्षम्य छ भनेका छन् ।
थापाले भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिन माग गरेका छन् । विहीबार बेलुकी आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरुले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए।