काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापा कोरोना भाइरसको महामारीबाट मतदाता बचाउन थप सक्रिय भएका छन् ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले कोरोनाको महामारीको भयावह स्थितिलाई ध्यानमा राखेर आफूले नेतृत्व गरेको काठमाडौं क्षेत्र नम्बर ४ मा निःशुल्क यातायात सेवा शुरु गरेका छन् ।
घरमै आइसोलेसनमा रहेकाहरुलाई अस्पताल जान–आउन, परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा निस्शुल्क यातायात सेवा शुरु गरेको नेता थापाले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।
उनले भिडियो सन्देशसमेत जारी गरेका छन् ।
घरमै आइसोलेसनमा रहनुभएकालाई अस्पताल जानआउन,परीक्षण गर्न वा आइसोलेसन सेन्टर जानको लागि नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ४ को नेतृत्वमा नि:शुल्क यातायात सेवा सुरु गरेका छौँ।
सम्पर्क:कामनपा तर्फ:9851096303
बुनपा तर्फ:9851065256/9851072129
वा हटलाइन नं. 9860340587 मा SMS गर्नु होला। pic.twitter.com/G8xhpqVXH7
— Gagan Thapa (@thapagk) May 19, 2021