arrow

कोरोनाबाट वडाध्यक्षको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
dead2.jpg

तुलसीपुर । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । 

यसैगरी कोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज  अपराह्न निधन भएको हो । 

रेडियो हापुरेमा कार्यरत उनले गतहप्तामात्र कोरोनालाई पराजित गरेको स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिए । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि  पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।

जिल्लाका एक  सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्र्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । 



लोकप्रिय समाचार
नयाँ