arrow

रङ्गेलीका एक पुरुषको संक्रमणबाट मृत्यु 

logo
किरण न्यौपाने,
प्रकाशित २०७८ जेठ ३ सोमबार
rangeli.JPG

रङ्गेली । कोरोना संक्रमणबाट रङ्गेलीका एक जनाको मृत्यु भएको छ । मृतक रङ्गेली नगरपालिका वडा नं.७ का ५० वर्षीय पुरुष रहेको रङ्गेली अस्पतालका मेसु रोहेन्द्र पाँडेले जानकारी दिए । 

उनको रङ्गेली कोभिड हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागी विराटनगर स्थित कोसी कोभिड हस्पिटलमा पुर्‍याउँदा मृत्यु भएको हो ।

रङ्गेली का मेसु पाँडेले अक्सिजन लेभल कम रहेको र  रङ्गेलीमा भर्ना गराएर उपचार गराउँदा राती सुधार हुँदै गएमा मध्य रात पछि पुन थप समस्या देखिएको थियो । 

त्यसपछि भेन्टिलेटर मै राख्नुपर्ने भएपछि विराटनगर कोसी कोभिड अस्पतालमा थप उपचारका लागी पुर्‍याउँदा आज दिउसो विराटनगरमा मृत्युको जानकारी दिए । 

दोस्रो लहरको कोरोना कहरमा रङ्गेलीमा पहिलो मृत्यु भएको बुझिएको छ ।



लोकप्रिय समाचार
नयाँ