सङ्क्रमण घटेन, चुनौती अझै बाँकी छ- स्वास्थ्य मन्त्रालय
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
117
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण ग्राफ निरन्तर उकालो लागेको बताएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अझै केही हप्ता चुनौतीपूर्ण रहेको बताएको हो ।
यसबाहेक राम्रोसँग जनस्वास्थ्यका मापदण्ड पालना नभएको र ५९ प्रतिशत आवतजावत मात्रै रोकिएको समेत मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण बढिरहेका कारण अझै केही समय संयमित भएर सङ्क्रमण न्यूनीकरणका लागि प्रभावकारी भूमिका निभाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।