arrow

अझै केही हप्ता नेपालमा संक्रमण चुनौतीपूर्ण रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
covid-test-positive-corona_1618150029.jpg

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । 

मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाइँमा लागि पर्दा पनि सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकिएको बताए ।

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठुला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे।  उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाए  । 

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ। उनले निषेधाज्ञाको समयमा अझै पनि मानिसहरू आवतजावत ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए । 

जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग सङ्क्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधाज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने बताए । 

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ  । 

आज मात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७  निको भई घर फर्किएका छन् । 



लोकप्रिय समाचार
नयाँ