arrow

संक्रमितलाई अक्सिजन दिलाउन हारगुहार, जनप्रतिनिधि निरीह

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ ४ मंगलबार
corona-butwal.jpg

रुपन्देही । बुटवलकी गीता भुसाल यति वेला पति वियोगमा छिन्,। एक हप्ता अगाडि उनले आफ्ना श्रीमानलाई कोरोना सङ्क्रमणबाट बचाउन आफन्त देखि स्थानीय जनप्रतिनिधिलाई समेत हारगुहार गरिन् । कृपया, मेरो श्रीमानको लागि जसरी भए पनि एउटा अक्सिजन मिलाई दिनुपर्‍यो ।

धेरै गाह्रो भएपछि जनप्रतिनिधिलाई भनेमा अक्सिजन मिलेमा, कतै श्रीमानको जीवन रहन्छ कि भन्ने आशाले गुहार माग्दै गरेकी भुसालको श्रीमान् रहेनन् । आखिर जीवन बचाउने आशाले जनप्रतिनिधिलाई गरेको फोन नसकिँदै अहो उहाँ त रहनु भएन भन्ने स्वरमा फोन बन्द हुन्छ ।

यो कथन हो बुटवल ११ का जनप्रतिनिधिको । यस्ता फोनले आफूलाई निकै दुखी बनाउने गरेको जनप्रतिनिधि बताउँछन् । लौन रिपोट पोजेटिभ आयो के गर्ने होला ? घरमै राख्ने कि सामुदायिक आइसोलेसनमा ? श्वास फेर्न गाह्रो हुन लागिसक्यो एउटा अक्सिजन ग्याँसको व्यवस्था गरिदिनु पर्‍यो । यस्ता कारुणिक स्वर दैनिकी जस्तो वनेको उनै जनप्रतिनिधिको भनाई छ । हामी निरीह भएका छौँ केही गर्न सकेका छैनौँ ।

त्यस्तै दुखेसो छ, बुटवल १० का जनप्रतिनिधि बलु पुन मगरको । साह्रै गाह्रो भयो आइसियु बेडको व्यवस्था गर्नुपर्ने भयो, बेड लगायत अक्सिजन ग्याँस पनि पाइएन कसो गर्ने होला ? जनप्रतिनिधिको हैसियतले उक्त नागरिकका अभावलाई पूर्ति गर्न चाहे पनि केही उपाय नलागेको जनप्रतिनिधि पुन मगरको दुखेसो छ । 

त्यतीमात्रै होइन अब शव व्यवस्थापन कसरी गर्ने होला ? कागजी प्रक्रिया लामो होला कसरी गराउने । जस्ता नागरिकका दुखलाई अझै सम्म सम्बन्धित निकायले गम्भीरता पूर्वक लिन सकेको छैन । जसका व्यथाले मन भक्कानिन्छ उनले भने । 

यस्तै, पिडामा बुटवल ११ का तिलक कुमार थापाले पनि मृत्युवरण गर्नुपर्‍यो । लुम्बिनी प्रदेशको प्रमुख शहर बुटवलमा अक्सिजन समेत नपाउँदा परिवारको सदस्य गुमाउँदा उक्त परिवार विक्षिप्त छ । ५२ वर्षीय थापालाई श्वासप्रश्वासमा समस्या आएपछि, समयमा नै अक्सिजन नपाउँदा ज्यान गुमाउनु पर्‍यो । 

मङ्गलवार (आज) बुटवलको कालिका नगरकी विन्दु पुन आफ्ना आफन्तको लागि अक्सिजन र बेडको लागि अनुनय विनय गर्दै छिन् । लालीगुराँस टोलमा बस्दै आएकी उनी आफन्तलाई कोरोना सङ्क्रमणले गाह्रो बनाएपछि बेड र अक्सिजनको खोजीमा तल्लीन छिन् ।



लोकप्रिय समाचार
नयाँ