arrow

४१ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
corona-nepal-update-1620371793.jpg

काठमाडौं । पाँचसय बढी सक्रिय संक्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय संक्रमित छन् । 

यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा संक्रमितको संख्या ५०० बढी छ ।  सक्रिय संक्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि संक्रमण दर घट्न सकेको छैन । 

पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा  संक्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । आज काठमाडौँमा दुई हजार ४९ मा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन् । 

काठमाडौंमा सक्रिय संक्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६  छन् ।  ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ । 

नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा संक्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन् । संक्रमितमध्ये तीन लाख ५२ हजार ४१४ संक्रमणमुक्त भएका छन् । 

संक्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन् ।



लोकप्रिय समाचार
नयाँ