नेपालमा सबै उमेर समूहका लागि 'खतरनाक' भेरिअन्टको सङ्क्रमण फैलिएको पुष्टि
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ जेठ ४ मंगलबार
113
Shares
काठमाडौं। नेपालमा पछिल्लो समय सबै उमेर समूहका लागि धेरै सङ्क्रामक र जोखिम पूर्ण कोरोना भाइरसको भेरिअन्ट फैलिएको पुष्टि भएको छ। कोरोना भाइरसको भारतीय भेरिअन्ट भनिएको (बी.१.६१२.२) नेपालमा अत्यधिक फैलिरहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो।
गत हप्ता कोरोना सङ्क्रमित ३५ जनाको नमुना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को समन्वयमा भारतको ल्याबमा सिक्वैंन्सिङ गर्दा ९७ प्रतिशत अर्थात् ३४ नमुनामा भारतीय भेरिअन्ट देखिएको हो । त्यस्तै एक नमुनामा भारतीय डबल म्युटेन्ट भेरिअन्ट भनिएको (बी.१.६१२.१) देखिएको छ।
योसँगै नेपालमा हालसम्म तीन भेरियन्टको सङ्क्रमण फैलिरहेको र सबैभन्दा बढी भारतीय भेरिअन्ट फैलिरहेको पुष्टि भएको छ। भारतीय भेरियन्टलाई डब्लुएचओले विश्वव्यापी चिन्ताको भेरियन्टका रुपमा घोषणा गरिसेको छ।