arrow

पछिल्लो २४ घण्टामा थपिए ८ हजार भन्दा बढी संक्रमित, थप १९० को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
corona-variant.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल संक्रमित हुनेको संख्या  ४ लाख ९२ हजार ४ सय ९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म  मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ९५ जना पीसीआर र ३ सय ९२ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ५२ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ