काठमाडौँ । पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ जनामा कोभिड१० को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कुल संक्रमित सङ्ख्या ५ लाख १ हजार ११६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड१९ का कारण १७७ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृत्यु हुनेको सङ्ख्या ६०२४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित सङ्ख्या १ लाख १६ हजार १९२ पुगेको छ ।