नेपाल वेभरेज तथा सिगरेट उद्योगसङ्घद्वारा क्षत्रपाटी निःशुल्क क्लिनिकलाई ३ लाख सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
253
Shares
फाइल तस्बिर
काठमाडौँ। नेपाल वेभरेज तथा सिगरेट उद्योग सङ्घले क्षत्रपाटी निःशुल्क क्लिनिकलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरसको सङ्क्रमण अर्थात् कोभिड१९ सङ्क्रमितहरूको निःशुल्क उपचार गर्नका लागि सङ्घले सहयोग गरेको हो।
क्षत्रपाटी निःशुल्क क्लिनिकले लामो समयदेखि निःशुल्क उपचार सेवा दिँदै आएको छ। यस्तोमा अहिले कोभिड१९ सङ्क्रमितको उपचार समेत क्लिनिकले गरिरहेको छ।
कोरोना भाइरसको महामारीको दोस्रो लहरले विकराल रूप लिएका बेला अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा सहयोग रकम खर्च गर्ने क्षत्रपाटी क्लिनिकले जनाएको छ।
सहयोगका लागि नेपाल वेभरेज तथा सिगरेट उद्योग सङ्घलाई क्षत्रपाटी क्लिनिकले आभार व्यक्त गरेको छ।